कोरोनाका कारण अम्रेला स्ट्रिट बन्द

  • 334
    Shares
0

चितवन, ८ चैत। चितवनको अम्रेला स्ट्रिट शनिबारदेखि बन्द गरिएको छ। भरतपुर महानगरपालिका २२ नम्बर वडा कार्यालय तथा अम्रेला स्ट्रिट व्यवस्थापन समितिको शुक्रबार संयुक्त बैठक बसी कोरोना भाइरस (कोभिड-१९) का कारण अम्रेला स्ट्रिट शनिबारदेखि बन्द गरिएको हो।

नेपाल सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेसँगै अम्ब्रेला स्ट्रिट बन्द गरिएको भरतपुर २२ का वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए। छोटो समयमै अम्ब्रेला स्ट्रिटमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उपस्थिति उत्साहजनक देखिएता पनि कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपाउनु पर्ने आवश्यकता देखिएको र अर्को सूचना जारी नहुन्जेलसम्मका बन्द गरिएको अध्यक्ष महतोले बताए।

नयाँ पर्यटकीय गन्तव्यको रुपमा स्थापित चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा रहेको अम्रेला स्ट्रिट हेर्न सयौं पर्यटक आउने गर्दछन्। शनिबारदेखि बन्द गरिए पनि सयौं पर्यटक आएको जानकारी दिँदै प्रचारप्रसार संयोजक रामहरि सेढाईंंले केही समय अम्रेला स्ट्रिट नआउन अनुरोध गरे।

p

Comments
Loading...
You might also like