नेपालमा एकैदिन ३२ जनामा कोरोना संक्रमण

  • 98
    Shares
0

काठमाडौं, ८ जेठ। नेपालमा एकैदिन बुधबार ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। दिउँसो २५ जना कोरोना संक्रमित थपिएका थिए भने साझ थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

साँझ थपिएका संक्रमितको प्रदेश १ स्थित प्रयोगशाला र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण पुष्टि भएको हो। उनीहरू झापाका ५ जना, धनकुटा र धरानका १–१ जना भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ। दिउँसो मन्त्रालयले जानकारी दिएका संक्रमितहरू कपिलवस्तुका १३, बाँकेका ६, धनकुटाका ५ र नवलपरासी पश्चिमका एक जना हुन्। धनकुटाका ५ जनामा भने मंगलबार साँझ नै संक्रमण पुष्टि भएको थियो। त्यसैको औपचारिक जानकारी मन्त्रालयले बुधबार गराएको हो।

स्वास्थ्य मन्त्रालयले दिउँसोको नियमित प्रेस ब्रिफिङमा २५ संक्रमित थपिएको जानकारी दिएको थियो भने साँझ थप ७ जनामा संक्रमण देखिएपछि बुधबार देशभर कुल ३२ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमित संख्या ४ सय ३४ पुगेको छ। जसमा दुई जनाको मृत्यु भएको छ भने ४५ जना निको भएर घर फर्किएका छन्।

Comments
Loading...
You might also like