प्रेम के हो, कुन हर्मोनले मानिस प्रेममा पर्छ ?

  • 6.3K
    Shares
0

प्रिया देवकोटा

प्रेम एउटा यस्तो भावना हो, जुन हरेक मान्छेले आफ्नो जीवनकालमा आभाष गरेको हुन्छ। प्रेम गर्नेहरु प्रेमलाई संसारकै उच्च र पवित्र भावना ठान्छन्। प्रेमलाई शब्दमा वर्णन गरेर सीमित राख्न सकिँदैन। प्रेमलाई मनैबाट आभाष गर्नुपर्छ। प्रेम निमन्त्रणा गरेर आउँदैन। व्यक्तिलाई थाहै हुँदैन कतिबेला कुन समयमा ऊ कसलाई प्रेम गर्न थाल्यो भनेर। यो त समयसँगै जतिबेला जुन पनि समयमा जस्तो व्यक्तिसँग पनि हुन सक्छ।

प्रेमले जातभात, कालोगोरो, मोटो पातलो केही पनि भन्दैन। बस्, यसले त मनको भावना बुझ्ने र साट्ने साथी मात्रै खोज्छ। त्यसैले ७२ प्रतिशत मानिसहरु पहिलो नजरको प्रेममा विश्वास गर्ने मानिन्छ। प्रेममा मन र मस्तिष्क बीच ठूलो युद्ध चलिसकेपछि अन्तमा मनले नै जित्छ। प्रेम यही दुई बीच युद्ध भएपछि शुरु हुन्छ।

सन् १९९० तिरको कथा हुनुपर्छ सुम्निमा र अनन्तको पहिलोचोटी भेट हुन्छ। सायद दुवै कुनै दिन एक अर्कालाई प्रेम गर्न पुग्छौं भन्ने कुरादेखि अञ्जान थिए। अझ रोचक त के छ भने एकअर्कालाई भेट्दा उनीहरु दुवै विवाहित थिए। समयले उनीहरुको भेट गराउँदै गयो। धेरैजसो भेटिँदा बोलीचाली शुरु भयो। अनि बिस्तारै उनीहरु नजिकिँदै गए।

सुम्निमालाई आफै पनि आभाष भइरहेको थियो। यसरी अनन्तको नजिकिनु न समाजले स्वीकार्छ न जायज नै छ। त्यसपछि उनी आफ्नो बाटो बदलेर अनन्त नहिड्ने बाटो हिड्न थाल्दछिन्। कताकता सुम्निमालाई नदेख्दा अनन्तलाई उसको कमी महशुस हुन थाल्दछ। हप्तौं नभेटेपछि अनन्तलाई सुम्निमालाई भेट्न मन लाग्छ। अनन्त सुम्निमालाई भेट्न उसको घरको बाटो हिड्न थाल्छ। सुम्निमा अनन्तसँग भनि राख्थिन्, ‘यसरी नजिकिनु गलत हो। हामी टाढिनुपर्छ।’

तर, अनन्त सुम्निमादेखि टाढिन चाहँदैनथ्यो। अनन्तलाई घर समाजको डर थिएन। ऊ भन्ने गर्थ्यो, ‘विवाह बन्धन हो।’ समाजलाई देखाउन भए पनि उनीहरु केही समय संयम भए। केही समय यसरी नै बित्यो। आखिर कति दिन भाग्न सक्थी र सुम्निमा। उसको मनमा लुकेको प्रेम केही गरी लुकाउन सकिन। उसको मनमा लुकेका डर र भय सबै प्रेममा परिवर्तन भयो। अन्तमा दुवै एकअर्काको प्रेम स्वीकार्छन्। सुम्निमाको जीवनमा अनन्त परपुरुष थिए। उता अनन्तका निम्ति सुम्निमा परस्त्री। यी दुई बीचको प्रेमलाई न सामाजिक डरले रोक्यो, न पहिलो विवाहले नै।

हामी प्रेमलाई जीवनको विभिन्न समयमा आभाष गर्न सक्छौं। जस्तो सुख दुःखमा। प्रेमलाई व्यवहारको रुपमा हेर्न सक्छौ। जस्तै प्रेमलाई सबैले एउटै किसिमको आभाष गर्दैन। हरेक व्यक्ति यसलाई फरक शैलीमा आभाष गर्दछन्। प्रेमलाई न त शब्दमा नै वर्णन गर्न सकिन्छ। मानव समाजमा मात्र होइन हरेक सजीवहरुको संसारमा प्रेमको महत्व छ। उनीहरुको प्रेम दर्शाउने आफ्नै शैली छ।

विज्ञानको नजरमा प्रेम एक शक्तिशाली र स्थायी न्युरोलोजिकल कन्डिसन हो। प्रेम एक रसायन हो, जसलाई हामी समात्न सक्दैनौं। अभिलाषा र प्रेम फरक कुरा हो। अभिलाषा क्षण भरको आकर्षण र चाहना हो, जसले मानव शरीरमा Estosterene, oestrogen को मात्रा बढी र केही समय कम पनि हुन्छ। तर, जब प्रेम हुन्छ, तब मानव मस्तिष्कले सबै किसिमका हर्मोन उत्पादन गर्दछ, जसलाई विभिन्न किसिमले महशुस गछौं।

Oxytocin, dapamine and serotonin जस्ता हर्माेनलाई happy harmones भनिन्छ। जव हामी कुनै व्यक्तिप्रति आकर्षित हुन्छौं, त्यतिबेला हाम्रो मस्तिष्कबाट dopamine harmones निस्कन्छ भने serotonin को मात्रा बढ्छ र oxycontin hormones को उत्पादन हुन्छ।

यसले अर्को व्यक्तिप्रति सकारात्मक भावना उत्पन्न गराउँछ। त्यसैले love hormone भनेर Oxytocin लाई बुझिन्छ। मानवको सामाजिक व्यवहारमा Oxytocin केही सकारात्मक तथ्यहरु यस्ता छन्। यस हर्माेनले आनन्द र विश्वासका साथै चिन्ता र तनाव पनि कम गरेको पाइन्छ।

Oxytocin ले कसरी मानव व्यवहारमा सकारात्मक प्रभाव पार्दछ ? Oxytocin ले मानवको शररिलाई धेरै किसिमको भावना र सामाजिक अवस्थालाई सहजै स्वीकार्न मदत गर्दछ। Intoxsal oxytocin ले चाहिँ सिधै आफ्ना जीवन साथीसँग बहस गर्दा सकारात्मक रुपमा सञ्चार माध्यमको काम गर्दछ। २०१० मा गरिएको अनुसन्धान अनुसार intoxnasal oxytocin ले मानिसलाई सहज रुपमा सामाजिक व्यवहार बुझ्न मद्दत गर्दछ।

नेपाली साहित्य इतिहासमा थुपै्र प्रेमकथा, उपन्यास छन्। जसमा प्रेमलाई वर्णन गरिएको छ। जस्तै : वसन्ती, सुम्निमा, मुनामदन, अलि पुराना उपन्यास हुन् भने समर लभ, मनसुनमा आधुनिक शैलीका प्रेम कथाहरु उतारिएका छन्। यिनीहरु केवल साहित्य मात्र होइनन्, मानव शरीरमा उत्पन्न हुने रसायनका विम्बात्मक अभिव्यक्ति पनि हुन्।

Comments
Loading...
You might also like