फागुन १ देखि ३ गतेसम्म सडक खाना महोत्सव

  • 47
    Shares
0

रमेश भुसाल/ पश्चिम नवलपरासी, ८ माघ । पश्चिम नवलपरासीमा सडक खाना महोत्सव हुने भएको छ। होटल तथा रेष्टुरेन्ट व्यावसायी संघ नवलपरासी र मदिरा व्यावसायी संघ नवलपरासीको संयुक्त अयोजनामा फागुन १ गते देखि ३ गते सम्म प्रथम सडक खाना महोत्सव हुने भएको हो।

सडक खाना महोत्सव वर्दघाट नगरपालिकाको हाइवे क्षेत्रमा गरिने भएको छ। ‘सडकमै खाऔं सडकमैं रमाऔं’ भन्ने मुल नाराका साथ आन्तरिक तथा वाह्य पर्यटन प्रर्वद्धन गरी नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्नको लागि तीनदिने प्रथम सडक खाना महोत्सव २०७६ सञ्चालन हुने पत्रकार सम्मेलनमार्फत् जानकारी गराइएको थियो ।

सडक खाना महोत्वसमा १८ लाख खर्चको अनुमान गरिएको छ भने एक सय स्टल, एक लाख दर्शक र २ करोडको कारोवार गर्ने आयोजकले लक्ष्य राखेको छ। जिल्ला सञ्चालित प्रथम सडक महोत्वबाट यस जिल्लामा पर्यटन प्रर्वद्धन गर्ने, ऐतिहासिक, धार्मिक एवं प्राचिन क्षेत्रको प्रचारप्रसार गर्ने, स्थानीय स्तरको खाना र उत्पादित वस्तुहरुको समेत प्रर्वद्धन गर्दै वस्तु र सेवाको व्यापारको विस्तार गरी रोजगारी, राजस्व र उद्धमशिलताको विकास गर्ने जस्ता महोत्सवको उद्देश्य रहेको छ।

दिँउसो ३ बजेदेखि साझ ९ वजेसम्म सञ्चालन हुने महोत्सवमा प्रवेश शुल्क अर्थात् अवलोकन शुल्क निःशुल्क हुने पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। यस महोत्सवलाई सभ्य र भव्य बनाउनका लागि स्थानीय कल्ब विभिन्न संघ-संस्था र सुरक्षाकर्मीहरुको सहयोगको अपेक्षा गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यावसायी संघ नवलपरासीका अध्यक्ष नुमराज अधिकारी, मदिरा व्यावसायी संघ नवलपरासी संघ नवलपरासीका अध्यक्ष मुक्ति प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष शिव शंकर राय लगायतले मन्तव्य राखेका थिए।

Comments
Loading...
You might also like