बालश्रम तथा श्रम शोषण अन्त्य गर्न नीतिगत र व्यवहारिक रुपमा जोड दिनुपर्छ

  • 45
    Shares
0

रुपन्देही ८ माघ । नेपालका स्थानीय तहहरुले आफ्नो क्षेत्रमा बालश्रम तथा श्रम शोषणलाई अन्त्य गर्नका लागि नीतिगत र व्यवहारिक रुपमा काम गर्नुपर्नेमा जोड दिइएको छ। बुधबार विश्व शिक्षाको सहयोगमा लुम्बिनी ग्रामिण विकास परिषद रुपन्देही र दलित मानव अधिकार निगरानी समिति कपिलबस्तुको आयोजनामा बुटवलमा गरिएको वालश्रम तथा श्रमशोषण निवारण र कार्यस्थलको अवस्था सुधारका लागि क्षमता अभिबृद्धि बिषयक गोष्ठिमा सहभागीहरुले यस्तो कुरा बताएका हुन्।

सो अवसरमा रुपन्देहीका शुद्धोधन र मायादेवी गाउँपालिका तथा कपिलबस्तु शिवराज र बहादुरगञ्ज नगरपालिकाका प्रमूख, उपप्रमूख, वडाअध्यक्ष, प्रमूख प्रशासकीय अधिकृत, शिक्षा र महिला तथा वालवालिका शाखा प्रमूखहरुको सहभागिता थियो।

सो अवसरमा विश्व शिक्षाका कार्यक्रम प्रमूख सिताराम लुईँटेल र कार्यक्रम अधिकृत दिनेश कुमार कर्माचार्यले सहजीकरण गर्दै बालश्रम शोषणको अवस्था र बालश्रम र शोषण निवारणमा स्थानीय तहहरुको भूमिकाका बारेमा जानकारी गराए। कार्यक्रममा मायदेवी गाउँपालिका रुपन्देहीका अध्यक्ष धु्रवनारायण चौधरीले बालश्रम भइरहेको भन्दै यसको अन्त्यका लागि सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।

शुद्धोधन गाउँपालिकाका प्रमूख प्रशासकीय अधिृकत अनन्तपाणि मरासीनीले बालश्रम आफैमा चुनौतीपूर्ण भएको भन्दै गरीबी र अशिक्षा अत्यका अभियान पनि सँगै अगाडि बढाउनुपर्ने बताए। लुम्बिनी ग्रामिण विकास परिषद रुपन्देहीका अध्यक्ष चन्द्रकान्त खनाल, शिवराज नगरपालिकाका अधिकृत कमल खनाल, दलित मानव अीधकार निगरानी समिति कपिलबस्तुका सचिव खुम बहादुर विक, कार्यक्रम संयोजक लोकनाथ आचार्यले बोल्दै बालश्रम अन्त्य गर्न सबै क्षेत्रका जिम्मेवार हुनु पर्ने बताए।

Comments
Loading...
You might also like