नेपालका विभिन्न घटनाक्रमपछि बनेका प्रधानमन्त्रीहरु

  • 54
    Shares
0

काठमाडौं । आजको नेपाली राजनीतिक परिवर्तनसम्म आइपुग्न नेपाली इतिहासमा विविध घटनाक्रमको महत्वपूर्ण भूमिका रहेको छ । नेपालको विभिन्न घटना र त्यसपछि बनेका प्रधानमन्त्रीहरुको सङ्कल गरी तयार पारिएको छ ।

नेपालमा प्रजातन्त्र प्राप्तिको लागि वि.सं. २००७ सालमा भएको आन्दोलनपछि पहिलो पटक मोहन शमशेर ज.ब.रा. प्रधानमन्त्री बनेका थिए । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीको रुपमा २०१५ सालको आम निर्वाचन पछि विश्वरप्रसाद कोइराला प्रधानमन्त्री बनेका थिए । नेपालमा पञ्चायती व्यवस्था लागू भएपछि डा. तुलसी गिरि प्रधानमन्त्री बनेका थिए ।

नेपालमा जनमत संग्रह हुँदा र त्यसपछि समयमा समेत सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । २०४७ सालको जनआन्दोलनपश्चात प्रजातन्त्रको पूनस्थापनासँगै कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री बनेका थिए । वि.सं. २०६२।६३ सालको आन्दोलन पछि गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री बनेका थिए । गणतन्त्र घोषणा भएपछि सोही वर्षको साउनसम्म गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री रहेका थिए ।

सार्क स्थापना हुदाको समयमा लोकेन्द्रबहादुरचन्द नेपालका प्रधानमन्त्री थिए । संयुक्त राष्ट्र संघ स्थापना हुँदा जुद्ध शमशेर ज.ब.रा.नेपालका प्रधानमन्त्री थिए । प्रथम विश्व यु्द्ध हुँदा चन्द्र शमशेर नेपालका प्रधानमन्त्री थिए । दोस्रो विश्व युद्ध हुँदाको समयमा नेपालका प्रधानमन्त्री जुद्ध शमशेर ज.ब.रा प्रधानमन्त्री थिए । नेपाल र चिन बिचको थापाथली सन्धि हुँदाको समयमा नेपालका प्रधानमन्त्री जंगबहादुर राणा थिए ।

भारत सँग बिप्पा सम्झौता नेपालका तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईले गरेका थिए । नेपाललाई लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गर्दाको समयमा नेपालको प्रधानमन्त्री गिरीजा प्रसाद कोईराला थिए । नेपालमा संविधान सभाबाट नेपालको संविधान २०७२ को घोषणा प्रधानमन्त्री शुसिल कोईरालाले गरेका हुन् ।

संविधानसभाबाट संविधान घोषणा पछिका प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओली हुन्। वर्तमान प्रधान मन्त्री पनि खड्ग प्रसाद शर्मा ओली हुन् ।

Comments
Loading...
You might also like