किताबमाथि लगाइएको करमा पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई पत्र

  • 47
    Shares
0

काठमाडौं। त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुस्तकमाथि लगाइएको करमा पुनरावलोकन गर्न पत्र लेखेका छन्।

उनले शिक्षक र विद्यार्थीलाई पुस्तकमाथि लगाइएको करले असर गरेको पत्रमा उल्लेख गरेका छन्। विश्वविद्यालयको पाठ्यक्रमसँग सम्बन्धित केही पुस्तकहरू मात्र नेपालमा पाइने बाँस्कोटाले भनेका छन्।

केही पुस्तकहरु बाहेक अन्य किताबका लागि विद्यार्थी र शिक्षक विदेशमा प्रकाशित हुने पुस्तकमा भरपर्नुपर्ने बाध्यता रहेको उनले पत्रमा उल्लेख गरेका छन्। त्यसकारण विदेशबाट आयात हुने किताबमा दस प्रतिशत कर लगाउने सरकारी नीतिले पठनपाठनमा असर पर्ने उनले बताए।

किताबमा लगाइएको कर फिर्ता गराउनुपर्ने भन्दै विभिन्न तह, तप्का र क्षेत्रबाट अभियान चलिरहेको छ। बाँस्कोटाले फागुन २ गते प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै पुस्तकमा कर लगाउने विषयमा पुनरावलोकन गर्न अनुरोध गरेका हुन्।

Comments
Loading...
You might also like