प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक

  • 102
    Shares
0

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भिजन टु एक्सन’ किताब सार्वजनिक गरिएको छ। राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद् सत्यमोहन जोशीले शनिबार उक्त किताब विमोचन गरेका हुन्।

प्रधानमन्त्री ओलीले आफ्नो ६९ औं जन्मदिनको अबसरमा उक्त किताव सार्वजनिक गरेका हुन्। दुई सय ४० पृष्ठको उक्त किताबमा प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना दृष्टिकोणहरू समावेश गरेका छन्। ‘मेरो पुस्तक विगतभन्दा आगतमुखी छ। अबको नेपाल कसरी अगाडि बढ्ने भन्न सन्दर्भमा आफ्ना दृष्टिकोण प्रस्तुत गरेको छु’ उनले भने।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको उक्त किताब विमोचन कार्यक्रममा प्रधानमन्त्रीका बुवा पनि उपस्थित थिए। किताब सार्वजनिक समारोहमा प्रधानमन्त्री ओलीले कृषिजन्य उत्पादन बृद्धिका लागि सरकारले काम गरिरहेको बताए।

‘केमिकलजन्य झोलले मान्छे र देशको अर्थतन्त्र नै बिगार्ने गरेको छ, त्यस्तो कामलाई अहिले हतोत्साहित गरिएको छ,’ उनले भने।

Comments
Loading...
You might also like