टेलिसेरियल ‘सक्किगो नि’ स्थगित

  • 232
    Shares
0

काठमाडौं, ९ चैत। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपाली टेलिसिरियलमा पनि पर्न थालेको छ। नेपाल टेलिभिजनबाट प्रशारण हुने चर्चित हास्य टेलिसिरियल ‘सक्किगो नि’ को प्रसारण स्थगित भएको छ। आज समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै निर्देशक कुमार कटेलले प्रशारण स्थगित गरिएको जानकारी दिएका हुन।

‘विश्वब्यापी कोरोना भाईरस ( कोभिड-१९ ) को संक्रमणलाई रोक्न सरकारले आह्वान गरेको अनुरोधलाई आत्मसाथ गर्दै अर्को सुचना नआएसम्म हाम्रा नियमित कार्यक्रमहरु हाल लाई स्थगित गर्ने र आफू सेल्फ क्यारेन्टाईनू मा बस्ने निर्णय गरेका छौ।’ उनले लेखेका छन, ‘यसले गर्दा नियमित रुपमा प्रशारण भइरहेको हास्य टेलिफिल्म सक्किगो नी केही समय स्थगित हुने कुराको जानकारी गराउदछौ।यसबाट आदरणीय दर्शकहरुमा पर्न जाने असुबिधाप्रती क्षमाप्रार्थी छौ।’

उनले आजको समयमा स्वास्थ नै प्रमूख प्राथमिकतामा रहेको हुँदा सम्पूर्ण दर्शकहरुलाई सुरक्षीत र सजग रहि धैर्यवान रहन पनि आग्रह गरेका छन। परिस्थिति समान्य हुनासाथ नियमित भागहरु ल्याउने पनि उनले आफ्नो स्टाटसमा लेखेका छन ।

Comments
Loading...
You might also like