मन्त्रीपरिषदको बैठक बस्दै, विदेशमा अलपत्र परेका नेपालीको समस्याको बारेमा छलफल हुने

  • 63
    Shares
0

काठमाडौँ, ९ जेठ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे मन्त्रिपरिषदको बैठक बस्दैछ। मन्त्रिपरिषद् बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्याका बारेमा छलफल गर्ने बताइएको छ। आजको बैठकमा विदेशमा रहेका नेपाली ल्याउने विषयमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिले तयार पारेको कार्यविधि लगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रधानमन्त्री ओलीले कार्यविधि नै बनाएर प्रक्रिया अघि बढाउन निर्देशन दिँदै देशभर रहेका खास गरी स्थानीय तहले बनाएका क्वारेन्टाइन भरपर्दो नरहेको पाइएकाले सोको व्यवस्थापन पश्चात् मात्रै ल्याउने तयारी गर्न निर्देशन दिएका थिए।
लकडाउनको स्वरुप परिवर्तन गर्नेबारे र विदेशमा रहेका नेपाली फर्काउन विशेष तयारीमा समेत आज छलफल हुने बताइएको छ।

Comments
Loading...
You might also like