कर्मचारीलाई अनिश्चितकालीन बेतलवी विदा

  • 321
    Shares
0

काठमाडौं, ९ जेठ। आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले एकैपटक ५ सयभन्दा बढी कर्मचारीलाई बेतलबी बिदा दिएका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापतिसमेत रहेका ढकालले एकैपटक ५ सयभन्दा बढी कर्मचारीलाई बेतलबी बिदा दिएका हुन्।

कोरोना भाइरसका कारण देश लकडाउनमा भएको र आर्थिक गतिविधि तथा काम ठप्प भएको जनाउँदै कर्मचारीलाई अनिश्चित्कालीन बेतलबी पत्र दिइएको पाइएको छ। आईएमई गु्ररुपअन्तर्गतको आईएमई अटोमोटिभ डिभिजनमा कार्यरत पाँच सयभन्दा बढी कर्मचारीलाई जेठ १ गतेदेखि लागू हुने गरी बेलतबी बिदाको पत्र थमाइएको हो।

आईएमई मोटर्स प्रालिले वैशाख ३१ गतेको निर्णयअनुसार सबै कर्मचारीलाई एकैपटक बेतलबी बिदाको पत्र दिएको जनाएको छ। कम्पनीको निर्णयको विषयमा चित्त नबुझे जेठ ३ गतेसम्म सम्बन्धित कर्मचारीले आफ्नो विभागीय प्रमुखलाई असहजताबारे जानकारी गराउन भनेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ।

Comments
Loading...
You might also like