थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

  • 48
    Shares
0

काठमाडौं, ९ जेठ। नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ताले २० जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्।

सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन्।त्यस्तै मोरङका १ जना छन्। संक्रमितहरु कैलालीका ३ पुरुष (१९,२३ र २६) वर्षका, डडेलधुराका २८ वर्षीय एक पुरुष, बैतडीका २२ वर्षीय एक पुरुष, बाँकेका १४ जना पुरुषहरु (१८ देखि ६१ वर्ष) र मोरङका ४१ वर्षका पुरुष रहेका छन्।

योसँगै संक्रमितको कूल संख्या ५०७ पुगेको छ। नेपालमा आज शुक्रबार बिहान ३० र दिउसो २० गरी ५० जना संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म उपचारपछि डिस्चार्ज भएका ७० जना छन्।हालसम्म कोरोना भाइरसका कारण तीन जनाको निधन भएको छ।

Comments
Loading...
You might also like