चीनले कोरोना भाइरस महामारीको बीचमा आफ्नो रक्षा बजेट बढायो

  • 835
    Shares
0

काठमाडौं, ९ जेठ। कोरोना महामारीले गर्दा आउने आर्थिक संकटको बीचमा चीनले आफ्नो रक्षा बजेट बढाएको छ।२०२० मा, २०१९ को तुलनामा चीनले आफ्नो रक्षा बजेटमा ६.६ प्रतिशत बढी लगानी गर्नेछ। यद्यपि पछिल्ला तीन दशकहरूमा पहिलो पटक चीनको रक्षा क्षेत्रमा लगानी सुस्त रहनेछ। समाचार एजेन्सी रायटरका अनुसार शुक्रवार राष्ट्रिय बजेटमा रक्षा क्षेत्र खर्चका लागि १२.६८ ट्रिलियन युआन (१७८ अर्ब डलर) राखिएको छ।

शुक्रवार, चीनको वार्षिक संसदीय बैठक आयोजना गरियो, जसमा देशका प्रधानमन्त्री ली केकियांगले भने महामारीको कारणले देश अनिश्चितता मा फसेको छ र अर्थव्यवस्था खराब अवस्थामा छ। उनले अर्थतन्त्रका लागि सरकारलाई सहयोग पुर्‍याउने र आउन लागेको आर्थिक विकासको लक्ष्यका बारे केही भन्न गाह्रो हुने पनि उनले बताए। यो पहिलो पटक हो कि चीनले आर्थिक विकासको लागि कुनै लक्ष्य दिएको छैन।

चीनको अर्थतन्त्रले सन् २०२० को पहिलो त्रैमासिकमा एक बर्षको तुलनामा ६.८ प्रीतशतले गिरावट आएको छ।
ली केकियांगले भने देशको सेना सुधारको काम जारी रहनेछ। उनले भन हामी राष्ट्रिय सुरक्षा र सेनामा सुधार गर्न जारी राख्नेछौं। हामी आफ्नो रसद र उपकरण समर्थन क्षमता बृद्धि गर्नेछौं र आधुनिक रक्षा सम्बन्धी टेक्नोलोजी पनि ग्रहण गर्नेछौं।

दक्षिण चीन सागर र कोरोना भाइरस महामारीको बीच चीन ताइवान विवाद मा अमेरिकी र चिनियाँ सेनाहरु सक्रिय छन्। चीनले यो पनि मानिरहेको छ कि हङ्‌कङ नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गर्ने चीनको प्रयासको विरोध हुन सक्छ।

कोरोनाका कारण तनाव बढेको छ
अमेरिकाले लगातार चीनलाई कोरोना भाइरसको सुरु भएको आरोप लगाइरहेको छ। चीनको रक्षा मन्त्रालयले हालैको एक रिपोर्टमा चेतावनी दिएको छ कि अमेरिकासँगको उसको सम्बन्ध कोरोना भाइरस महामारीको कारण तनावग्रस्त छ र यसले सैन्य संघर्षको रूप लिन सक्छ, समाचार एजेन्सी रॉयटर्सले जनाएको छ।

सिंगापुर रक्षा तथा रणनीतिक अध्ययन संस्थानका अनुसन्धानकर्ता कोलिन कोहले रोयटर्सलाई भनेका छन्, चीन आफू जोखिममा रहेको र आफ्नो सुरक्षा जतिसक्दो चाँडो बढाउन चाहान्छ। उनीहरुको भनाइ छ कि यदि बजेटले सेनाको आधुनिकीकरणमा कम खर्च देखायो भने यसले अन्य देशहरुलाई गलत संकेत दिन्छ।

चीन रक्षा बजेटको अन्य जेटको तुलनामा ठुलो हिस्सा ओगड्दै आएको छ। कुनै खास वस्तुमा कति खर्च हुन्छ भनेर बजेटमा पूर्ण रूपमा थाहा छैन। कूटनीतिज्ञ र विदेशी विज्ञहरू विश्वास गर्छन् कि चीनले वास्तविक तथ्यांकलाई कम महत्त्व दिन्छ।चीनको २०२० को रक्षा बजेट गत वर्षको अमेरिकी रक्षा बजेटको एक चौथाई हो। अमेरिकी रक्षा बजेट गत वर्ष ४४६ बिलियन थियो। लामो समयदेखि चीनले अमेरिकाको रक्षा क्षेत्रमा लगानीको बराबरी गर्न चाहन्छ।

Comments
Loading...
You might also like