गेष्ट हाउसमा लुकेर जुवा खेल्ने पक्राउ

  • 243
    Shares
0

काठमाडौं, ९ जेठ। लकडाउनकाको बेला जुवा खेल्ने क्रममा बढी रहेको बेला धनुषा प्रहरीले ५ जनालाई जनकपुरधामबाट पक्राउ गरेको छ। जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित जानकी वाटिकाको गेष्ट हाउसबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पक्राउ पर्नेहरूमा मिथिला बिहारी ननगरपालिका-७ बस्ने ५६ वर्षीय किशोरी साह, जनकपुरधाम उपमहानगरपालिका(८ का ५५ वर्षीय बिल्टु बरही, वडा नम्बर १३ बस्ने ३५ वर्षीय मोसतकिङ राईन, ४७ वर्षीय जसिन कवाडी र ३४ वर्षीय रमेश साहु रहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन्।

गेष्ट हाउसमा लुकेर उनीहरू जुवा खेलिरहेको प्रहरीको भनाइ छ । जुवाको खालबाट २ लाख ७ हजार ५ सय २५ रुपैयाँसमेत बरामद भएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जुवातास खेल्ने खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। मुलुकी अपराध संहितामा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजारसम्म जरिमानाको व्यवस्था रहेको छ । दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।

Comments
Loading...
You might also like