पर्यटनमन्त्री भट्टराई बोल्दा भर्चुअल मिटिङमा पोर्न भिडियो प्ले भएपछि…

  • 26
    Shares
0

काठमाडौं, ८ असार। सोमवार दिउँसो १ बजे नेपाल पर्यटन बोर्डले पर्यटन उद्योगसँग सम्बन्धित सुरक्षा निर्देशिका सार्वजनिक गर्न भर्चुअल बैठक आयोजना गरेको कार्यक्रममा लाजमर्दो घटना भएको छ। पर्यटन क्षेत्र दुरावस्थामा पुगेकाले बैठकमा सबैको चासो थियो। तर, एउटा भिडियोका कारण बैठक नै भड्कियो। पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनञ्जय रेग्मीको संयोजकत्वमा भएको यो भर्चुअल बैठकमा नेपाल संस्कृति पर्यटन मन्त्री योगेश भट्टराई प्रमूख अतिथि थिए।

बैठकमा मन्त्री भट्टराईले आफ्नो मन्तव्य राख्न सुरु गरेको केही बेरमै अश्लिल चलचित्र देखिन थाल्यो। र, त्यसमा प्रयोग भएको आवाज पनि। कार्यक्रममा प्रमूख अतिथि रहेका भट्टराईले उक्त बैठकमा सम्बोधन गर्न थालेपछि एक्कासी (अश्लिल) पोर्न भिडियो बज्दा परिस्थिति अन्योलपूर्ण भएको थियो। अनधिकृत रुपमा भर्चुअल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो बजेको बताइएको छ।

अश्लिल भिडियो प्ले भएपछि तत्कालै एडमिनले भिडियो काटेका थिए। उक्त समयमा पर्यटनमन्त्री भट्टराईले नेपालमा पर्यटन क्षेत्रमा भएको समस्याबारे आफ्ना धारणा राखिरहेका थिए। त्यसअगाडि पर्यटन सचिव केदारबहादुर अधिकारीले सम्बोधन गरेका थिए। उक्त भर्चुअल बैठकमा मन्त्रीसहित करिब २ सय जना सहभागी थिए।

लकडाउनको कारण सामाजिक दूरी कायम गर्न हिजोआज प्रविधिको प्रयोग गरेर बैठकहरु आयोजना भइरहेका छन्। पछिल्लो पटक जुम नामक एप यस कामका लागि खुबै प्रयोगमा आउने गरेको छ। तर यो एपमा छलफल चलिरहँदा लाजैमर्दा घटनाहरु दोहोरिन थालेका छन्। यसअघि नेपालमै र नेपालबाहिर पनि यस्ता घटना भएको सार्वजनिक भइरहेका छन्। यस्तो काम ह्याकरहरुबाट हुने गरेको बताइएको छ।

Comments
Loading...
You might also like