जनवरी तेइसमा विश्व इतिहासमा भएका प्रमूख घटना

  • 2
    Shares
0

काठमाडौं। आज २०७६ साल माघ महिनाको ९ गते बिहिबार माघ कृष्ण चतुर्दशी अर्थात् सन् २०२० जनवरी महिनाको २० तारिक हो । आजको दिनमा नेपाल र विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम जसले इतिहास रच्न सफल भएका छन् ।

आज माघ ९ गते सशस्त्र प्रहरी दिवश हो । द्धन्दको समयमा माओवादी आन्दोलनकारी र सरकारको द्धन्द चरम सिमामा पुगेको बेला सरकारले सेना र प्रहरीको बीचमा अर्को अर्धर्सनिक दस्ता खडा गरेको थियो ।

आजको दिन सन् २००२ मा पाकिस्तानको कराची शहरको पत्रकार डयानियल पर्लको अपहरण गरी हत्या गरिएको थियो । कराची पाकिस्तानको सबैभन्दा ठुलो शहर हो ।सन् २०१५ मा आजकै दिन साउदी अरबका राजा अब्दुल्लाहा विन अब्दुल्लाजिजको ९२ वर्षको उमेरमा निधन भएको थियो । साउदी अरब खरबी प्रायदीपको सबैभन्दा ठुलो देश हो ।यो देशमा व्यवस्थापिका छैन । साउदी अरबमा साउद परिवारको राजतन्त्र चलिरहेको छ ।

सन् १५५६ मा आजको दिन चीनको सानसाईमा ८ रेक्टर स्केलको भुकम्प जादाँ ८ लाख ३० हजार मानिसको ज्यान गएको थियो ।सन् १८४९ मा आजको दिन एलिजा ब्याकवेल अमेरिकाको पअिलो महिला चिकित्सक बनेको दिन हो । सन् २०१६ मा आज जिका भाइरसको जोखिमले कोलम्बीया अलसाइबाडोर, जमैकाका लगायतका देशमा नागरिकलाई सन्तान जन्माउन डिलो गर्नका गागि आग्रह गरिएको थियो ।

Comments
Loading...
You might also like