राष्ट्रियसभा सदस्यमा नारायणकाजी श्रेष्ठ निर्वाचित

  • 3.4K
    Shares
0

काठमाडौं, ९ माघ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका छन् । बिहीबार भएको मतदानमा ३४ सय ६२ मतभार पाएर उनी राष्ट्रियसभा सदस्यमा निर्वा्चित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई १ हजार २ सय १८ मतभारले पराजित गरे ।

कांग्रेस उम्मेदवार रेग्मीले २२ सय ४४ र राष्ट्रिय जनमोर्चाका उम्मेदवार शंकरप्रसाद बरालले १९८ मतभार पाए। श्रेष्ठले गण्डकी प्रदेशको अन्य समूहबाट राष्ट्रियसभा सदस्यमा उम्मेदवारी दिएका थिए । त्यस्तै गण्डकी प्रदेशबाट महिला सदस्यमा नेकपाकै भगवती न्यौपाने विजयी भएकी छिन्। उनले नेपाली कांग्रेसकी विमला गौचनलाई १ हजार २० मतभारले पराजित गरिन् । न्यौपानेले ३३ सय ६६ र गौचनले २३४० मत प्राप्त भएको छ ।

Comments
Loading...
You might also like