हत्या आरोपमा पुन पक्राउ

  • 49
    Shares
0

रमेश भुसाल/ पश्चिम नवलपरास, ९ माघ। पश्चिम नवलपरासीको सुनवलको सुनवल ३ किर्तिपुरबात हत्याको आरोपमा एक जानालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनवल ३ किर्तिपुरका २० वर्षका महादेव पुन रहेका छन् ।

समान्य विवादका क्रममा पुनले चक्कु प्रहार गर्दा पोखरा महानगरपालीका १ बगर बस्ने वर्ष २४ का जगदिश गुरुङ्गको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

गत मंगलबार भएको चक्कु प्रहार बाट गम्भिर घाईते गुरुङ्गको उपचारको क्रममा वुधवार भैरहवा मेडिकल कलेजमा मृत्यु भएको थियो। पुनको चक्कु प्रहार बाट पोखरा बगरनै बस्ने अर्का २३ वर्षिय संजोक गुरुङ्ग पनि घाईते भएका थिए।

घाइते संजोक गुरुङ्ग उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी दिए। समान्य विवादका क्रममा ग १२ प ३६४० नम्बरको मोटरसाईकलमा सुनवल ३ किर्तिपुरमा घुम्न आएका ति दुई युवालाई पुनले चक्कु प्रहार गरेका थिए ।

फरार रहेका पुनलाई ईलाका प्रहरी कार्यालय सुनवलको टोलीले खोजी गर्ने क्रममा हिजो उनको घर नजिकैबाट नियन्त्रणमा लिएको र पुनलाई कर्तव्य ज्यान मुद्धामा मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments
Loading...
You might also like