प्रदेश एकमा नेकपाका सबै उम्मेदवार विजयी

  • 44
    Shares
0

मोरङ, ९ माघ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार विजयी भएका छन्।निर्वाचनमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल विजयी भएका हुन्।अच्छामीले ६ हजार ३ सय ३० मतभार पाएका छन्।

उनका प्रतिद्वन्द्वी नेपानी काँग्रेसका निरबहादुर विकले २७ सय १८ मत पाएका छन् भने समाजवादी पार्टीका ज्ञानबहादुर परियारले ६ सय ६४ मतभार पाएका छन्। अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाहाल अन्यतर्फको सदस्यमा निर्वाचित भएका हुन्।

महिलातर्फ विजयी गौतमले ६ हजार ४ सय २२ मतभार पाएकी छिन् भने अन्यतर्फ विजयी दाहालले ६ हजार २ सय ३४ मतभार पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका देवेन्द्र घिमिरेले २ हजार ७ सय ६६ र समाजवादी पार्टीका भरतबहादुर दाहालले २ सय ६४ मतभार पाएका छन्।

Comments
Loading...
You might also like