इटालीमा आपतकालीन योजनाको घोषणा

  • 41
    Shares
0

एजेन्सी। इटालीमा यूरोपकै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित भेटिएका छन्। कोरोना भाइरस संक्रमित भेटिएपछि नियन्त्रणका लागि असाधारण उपाय अपनाउन सुरु गरिएको छ।

दुई जनाको मत्यु र संक्रमितको संख्या बढेर ७९ पुगेपछि प्रधानमन्त्री जोसेप कोन्टेले आपतकालीन योजना घोषणा गरेका छन्। यो योजना अन्तर्गत उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका एक दर्जन शहरलाई क्वारन्टाइनको अवस्थामा राखिएको छ।

शहरका मानिसलाई घरभित्रै रहन भनिएको छ। प्रहरी र आवश्यक परे सशस्त्र प्रहरी नियम पालना गराउन परिचालित गरिने बताइएको छ ।

प्रधानमन्त्री कोन्टेले शहरहरूमा प्रवेश गर्न वा त्यहाँबाट निस्कन विशेष अनुमतिविना निधेष गरिएको बताए। त्यहाँ सबै विद्यालय र खेलकुद गतिविधिहरू स्थगित गरिएको छ।

Comments
Loading...
You might also like