बेलायतले सार्वजनिक गर्‍यो नयाँ पासपोर्ट

  • 13
    Shares
0

एजेन्सी। युरोपियन युनियन ‘इयू’बाट अलग्गिएपछि बेलायतले नयाँ पासपोर्ट सार्वजनिक गरेको छ। बेलायतले ब्रेक्जिटपछि आफ्नो मौलिक पासपोर्ट सार्वजनिक गरेको हो।

युरोपेली संघको सदस्य हुँदा बेलायलते युरोपेली संघको नामसहितको रातो पासपोर्ट प्रयोग गर्दथ्यो। उसले रार्वजनिक गरेको नयाँ पासपोर्ट निलो रङको छ जहाँ युरोपेली संघबारे केही उल्लेख गरिउको छैन।

ईयूसँगको ४७ वर्ष पुरानो सदस्यता अन्त्य गर्दै बेलायत ज्यानुअरी ३१ मा अलगिएको थियो। करिब तीन वर्ष अगाडि गरिएको जनमतसंग्रहमा ब्रिटेनका जनताले ब्रेक्जिटको पक्षमा मत दिएका थिए। ब्रिटेन ईयूबाट ‘एक्जिट’ हुने अर्थात् बाहिरिने प्रक्रियालाई ‘ब्रेक्जिट’ भनिएको हो।

ब्रिटेन ईयूबाट अलग्गिने कि नअलग्गिने भनेर जनताको मत बुझ्न सन् २०१६ को जून २३ तारिखमा जनमतसंग्रह गरिएको थियो। ईयूबाट अलग हुने भनेर ५१.९ प्रतिशत र अलग नहुने भनेर ४८.१ प्रतिशत जनताले मत दिएका थिए।

जनमत संग्रहको फैसलापछि तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले पद छोडेपछि पूर्वगृहमन्त्री टेरिजा मे नयाँ प्रधानमन्त्री बनेकी थिइन्। तर, ब्रेक्जिटको कार्यभार पूरा गर्न असफल भएपछि तत्कालीन प्रधानमन्त्री टेरिजा मेले पनि राजीनामा दिइन्। त्यसपछि बोरिस जोन्सन प्रधानमन्त्री बनेका थिए।

                                                                                           अहिले र पहिले
Comments
Loading...
You might also like