गाेकुल काण्डबाट ओली युगकाे अन्त्य हुन सक्छ : डा. बाबुराम भट्टराई

  • 784
    Shares
0

काठमाडौं, ११ फागुन। समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले गोकुल बाँस्कोटा काण्डबाट ओली युगको अन्त्य हुन सक्ने बताएका छन्। डा. भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै केपी शर्मा ओली भ्रमयुगको अन्त्यको शुरुवात गोकुल प्रकरण हुनसक्ने बताएका हुन्।

उनले नस्लीय राष्ट्रवादको उन्माद जगाएर सत्तासीन भएका ओलीको सर्वांगीण खोक्रोपन उदांगीन दुई वर्षको कुशासन पर्याप्त थियो भन्दै निलवर्ण स्यालकथाको नेपाली संस्करणको उद्घाटन गोकुल प्रकरण भएको बताए।उनले ट्विटरमा ट्विट गर्दै लेखेका छन्,‘ओली भ्रमयुगको अन्त्यको शुरुवात गोकुल प्रकरण हुनसक्छ।

नस्लीय राष्ट्रवादको उन्माद जगाएर सत्तासीन भएका ओलीको सर्वांगीण खोक्रोपन उदांगीन दुई वर्षको कुशासन पर्याप्त थियो। निलवर्ण स्यालकथाको नेपाली संस्करणको उद्घाटन गोकुल प्रकरण हो। आगामी दृश्यहरु हेर्र्दै जाऊँ।’

bhattrai

Comments
Loading...
You might also like