एनआईसी एशियामा मुद्दती खाता खोले २१ लाखसम्मको बीमा सुविधा

  • 13
    Shares
0

काठमाडौं। विभिन्न समयमा विभिन्न वित्तीय उत्पादन सार्वजनिक गरी चर्चामा रहेको एनआईसी एशिया बैंकले फेरि अर्को वित्तीय उत्पादन बजारमा ल्याएर थप चर्चा कमाएको छ। उक्त ग्राहकमैत्री उत्पादन ‘न्यू सुपर चमत्कारिक मुद्दती खाता’ हो।

यो खातामा उच्चतम ब्याजका साथै २१ लाखसम्मको बीमा सुविधा रहेको बैंकले जानकारी दिएको छ। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ जनमैत्री बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले यो मुद्दती निक्षेप योजनामा खाता खोल्ने ग्राहकहरूले मुद्दती निक्षेप खाता खोलेकै आधारमा बैंकले यो सर्वाधिक तथा चमत्कारिक सुविधा प्रदान गर्ने जनाएको छ।

सामान्यतया मुद्दती खाता भन्नाले ग्राहकले निक्षेप गरेको रकममा आकर्षक ब्याजदर पाइन्छ भन्ने सबैको बुझाइ हुन्छ। तर, यस बैंकले न्यू सुपर चमत्कारिक मुद्दती निक्षेप खातामा सर्वाधिक उच्च ब्याज मात्र नदिउर चमत्कारिक बीमा सुविधासमेत दिएर मुद्दती खाताको दायरा नै फराकिलो बनाइदिएको छ।

यो खातामा ग्राहकहरूले उच्च ब्याजदरसँगै ३ विभिन्न बीमा सुविधा पनि पाउन सक्नुहुनेछ। यो खाता खोल्ने ग्राहकहरूको जीवनमा आइपर्न सक्ने अकल्पनीय घटनाका लागि यस्तो सुविधा ल्याइएको बैंकले बताएको छ।

यस खाताको बीमा सुविधाअन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रूपमा अशक्त भएमा १० लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध छ। यस्तै, १८ घातक रोगहरूका लागि १० लाख रुपैयाँसम्म र १ लाखसम्मको औषधि उपचार बीमा सुविधासमेत उपलब्ध छ।

यसैगरी, औषधि उपचार बीमाअन्तर्गत बैंकले आफ्ना ग्राहकहरूलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरंग (ओपीडी) उपचारमा २० हजार रुपैयाँसम्म र अस्पताल भर्नाबापत ८० हजार रुपैयाँसम्मको बीमा सुविधा प्रदान गर्नेछ। उक्त ओपीडी बीमा सेवाले ग्राहकवर्गलाई अस्पतालमा भएको सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याव टेष्ट, औषधि खर्चलगायतका खर्चहरूबापत २० हजार रुपैयाँसम्मको भरपाइ गर्नेछ।

एनआईसी एशिया बैंकमा मुद्दती खाता खोलेकै भरमा पाइने यस्तो सुविधा देशकै सर्वोत्कृष्ट मुद्दती निक्षेप योजना रहेको बैंकको दाबी छ। बैंकले ल्याएका विभिन्न निक्षेप योजनामा हालसम्म १ सय २ जना ग्राहकले ६० लाख रुपैयाँभन्दा बढीको बीमा दाबी रकम भुक्तानी पाइसकेको बैंकले जनाएको छ।

Comments
Loading...
You might also like