त्रिविका सबै प्रशासनिक काम बन्द

  • 12
    Shares
0

काठमाडौं, १० चैत। त्रिभुवन विश्वविद्यालयले अत्यावश्यक बाहेकका सबै प्रशासनिक काम बन्द गरेको छ। आइतबार एक विज्ञप्ती जारी गर्दै त्रिभुवन विश्वविद्यालयले यस्तो निर्णय गरेको हो ।

सरकारको यसअघिको निर्णय अनुसार विश्वविद्यालयले चैत २१ गतेसम्म प्रशासनिक सेवा बन्द गर्ने निर्णय गरेको हो। कोरोना जोखिम न्यूनीकरणका लागि भन्दै प्रशासन बन्द गरिएको त्रिवि सभा तथा कार्यकारी परिषदको सचिवालयका प्रवक्ता सूर्यप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Comments
Loading...
You might also like