अमेरिकामा कोरोनाका कारण थप एक नेपालीको मृत्यु

  • 97
    Shares
0

काठमाडौं। कोरोना संक्रमणका कारण अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ। पुर्ख्यौली थलो पोखरा भएका राज सेन ठकुरीको निधन भएको हो। कनेक्टिकटमा कोरोना संक्रमणका कारण निधन हुने ठकुरी पहिलो नेपाली हुन्।

अमेरिकामा कोरोनाको कारण निधन हुने नेपालीको संख्या १४ पुगेको छ। ५६ वर्षिय ठकुरी विगत डेढ महिनादेखि अस्पतालमा उपचाररत रहेको बताइएको छ।

कनेक्टिकटमा एक्लै बस्दै आएका ठकुरीको निधनपछि अहिले उनको परिवारसँग सम्पर्क गरी प्रक्रिया अघि बढाइएको जानकारी मेरिल्याण्डका राज्य सांसद (डेलिगेट) ह्यारी भण्डारीले दिएका छन्।

Comments
Loading...
You might also like