संकटमा परेका सञ्चारमाध्यम बचाउन समाजको आग्रह

  • 16
    Shares
0

अस्मिना पाण्डे/ बुटवल, ९ असार। प्रकाशन तथा प्रशारण समाज रुपन्देहीले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ का कारण संकटमा परेका सञ्चारमाध्यम जोगाउन आग्रह गरेकोे छ।कोभिड-१९ का कारण सञ्चारगृहहरु संकटपूर्ण अवस्थामा गुज्रिएको भन्दै बचाउन सरकारसँग आग्रह गरिएको हो।

समाजका अध्यक्ष नवराज कुँवर र सचिव माधव नेपालले सोमबार जारी गरेको विज्ञप्तिमा सरकारले गरेको लकडाउनका कारण सञ्चारमाध्यमको आर्थिक स्रात विज्ञापन बजार ठप्प रहेको बिजुली, संस्थामा कार्यरत सञ्चारमाध्यममा कार्यररत पत्रकार कर्मचारीलाई मासिक तलब दिन नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ।

‘यो कठीन घडीमा हामी प्रदेश तथा स्थानीय सरकार समक्ष आग्रह गर्दछौं, तपाईहरुले आफ्नो उत्तरदायित्व सम्झनुहोस्। अविभावकीय जिम्मेवारी वोध गर्नुहोस्। र हामीलाई सरकारविहिन नागरिकको जस्तो दर्जाबाट मुक्त गर्नुहोस्। यस संकटपूर्ण घडिमा प्रदेश सरकार र स्थानीय सरकारले पत्रिका, रेडियो र टेलिभिजन जस्ता सञ्चार माध्ययमलाई बचाई राख्नका लागि आवश्यक पहलकदमी होस् भन्ने आग्रह गर्दछौं।’ विज्ञप्तिमा लेखिएको छ।

साथै, संघीय संसद अन्तर्गत प्रतिनिधि सभामा यतिखेर सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भएको छ। सार्वजनिक खरिद ऐन–२०६३ को दफा १४ र्मा बोलपत्र वा पूर्व योग्यता निर्धारणको प्रस्ताव आह्वानको सूचना राष्ट्रिय स्तरको दैनिक समाचारपत्रमा प्रकाशन गर्नु पर्नेछ र अन्तर्राष्ट्रिय स्तरको बोलपत्रको हकमा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा समेत प्रकाशन गर्न सकिनेछ।’ भन्ने मौजुदा ऐनमा भएको यो दफा संघीयताको मर्म विपरीत छ। यसका कारणले मोफसलमा रहेका मिडियाहरु सरकारी विज्ञापनबाट वञ्चित भएका छन्।

मोफसलमा रहेका मिडियाहरुले अझै पनि संघीयताको महसुस गर्न सकेका छैनन्। यसको संशोधन हुन जरुरी छ। हामी प्रदेश सरकारमार्फत् यो बुँदा संशोधन गरी प्रेस काउन्सिल नेपालले वर्गीकरण गरेका स्थानीय, प्रदेश र राष्ट्रिय स्तरका सञ्चार माध्यमहरूको आधारमा कम्तिमा ४ करोड लागतको सूचना स्थानीय, १० करोड लागतको सूचना प्रदेश र १० करोड माथिको सूचना राष्ट्रिय सञ्चार माध्यम मार्फत प्रकाशित प्रशारित गर्ने गरी सार्वजनिक खरिद ऐन¸ २०६३ संशोधन गर्नु पर्दछ भन्ने आग्रह गर्न चाहान्छौं विज्ञप्तिमा भनिएको छ।

 

 

Comments
Loading...
You might also like