विश्व इतिहासमा जनवरी चौबिसमा के के भए ?

0

काठमाडौं । आज २०७६ साल माघ महिनाको १० गते शुक्रबार बार माघ कृष्ण औंसी अर्थात् सन् २०२० जनवरी महिनाको २४ तारिक हो । आजको दिनमा नेपाल र विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटनाक्रम जसले इतिहास रच्न सफल भएका छन् ।

सन् १९६५ मा बेलायतको पूर्व प्रधानमन्त्रीवासिन्टन जर्जेलको मृत्यु भएको थियो । दोस्रो विश्व युद्धपछि आफ्ना देश बासी को मनोबल उच्च पार्ने छवि भएका चर्चिलको ९० वर्षको उमेरमा आजको दिन निधन भएको थियो । उनी राजनीतिको क्षेत्रमा कुशल राजनीतिज्ञका रुपमा चिनिन्छन् ।

सन् १८५७ मा आजैको दिन दक्षिण एसियाको पहिलो विश्वविद्यालयको रुपमा कलकत्ता विश्वविद्यालयको स्थापना भएको थियो ।

सन् १९८४ मा एप्पल कम्पनीले पहिलो म्याकिन्टोश कम्प्युटर सार्वजनिक गरेको थियो ।एप्पल कम्पनिले अहिले स्किन टच ल्याप्टप पनि ल्याइसकेको छ ।

सन् १९३९ मा चिलिमा ८.३ रेक्टर स्केलको भुकम्प गएको थियो । उक्त भुकम्पमा परी ३० हजार मानिसले ज्यान गुमाएका थिए ।

सन् १९०१ मा डेनमार्कले अमेरिकालाई ५० लाख अमेरिकी डलरमा डेनिस वेस्ट इन्डिज बेच्ने सम्झौतामा हस्ताक्षर थियो । तर, यो विक्रि सम्झौता सन् १९१७सम्म स्थगित गरिएको थियो। यो क्षेत्र क्यारिवियन सागरमा पर्छ ।

Comments
Loading...
You might also like