एमसिसीविरुद्ध देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदर्शन

0

डडेल्धुरा। अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) र सूचना विधेयकको विरुद्धमा जिल्ला सदरमुकाममा बिहीबार साँझ शीर्ष नेताहरूको पुत्ला दहन गरिएको छ।

सदरमुकामस्थित भीमदत्त सालिक नजिकै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पुतला दहन गरिएको हो। डडेल्धुरा देउवा गृहजिल्ला पनि हो।

एमसिसी नेपालको स्वाधीनताको विरुद्धमा रहेको र सरकारले अघि सारेको सूचना प्रविधि विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने भन्दै दुवैको खारेजीको माग गर्दै पुतला दहन गरेको प्रदर्शनमा सहभागी पदम भण्डारीले बताए। चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसिसी आएको भन्दै खारेज हुनुपर्ने प्रर्दशनमा सहभागी अर्का युवा श्याम ओलीले बताए।

‘भारतीय विस्तारवाद मुर्दावाद, एमसिसी सम्झौता खारेज गर, सूचना विधेयक खारेज गर’लगायका नारा लगाउँदै युवाहरूले सदरमुकाम बागबजार क्षेत्रमा नेपालको झण्डासहित प्रदर्शन गरेका हुन्।

Comments
Loading...
You might also like