फेरि बढेयो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • 15
    Shares
0

काठमाडौं, १० माघ। नेपाली बजारमा शुक्रबार सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ। बिहीबार ७५ हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ७५ हजार २ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ७४ हजार ९ सय कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य ८ सय ८५ रुपियाँ प्रतितोला कायम भएको नेपाल सुनचाँदी व्यवसायि महासंघले जनाएको छ।

Comments
Loading...
You might also like