आत्मरक्षाको विज्ञान के हो, कसरी गर्ने आत्मरक्षा ?

  • 238
    Shares
0

दुश्मन वा विरोधीद्वारा हुनसक्ने सम्भावित हमला वा आक्रमणबाट सुरक्षित (be safty, protect) रहँदै दुश्मनको अनावश्यक आक्रमणलाई परास्त, निस्तेज पार्नुलाई आत्मरक्षा भनिन्छ। मुख्यतः आत्मरक्षा चार प्रकारको हुन्छ, (१) प्रतिरोधात्मक बहादुरीपूर्ण आत्मरक्षा, (२) भागेर गरिने कायरतापूर्ण आत्मरक्षा, (३) आत्मसमर्पणपूर्ण आत्मरक्षा र (४) घुस दिएर गरिने आत्मरक्षा।

एउटा सज्जन बहादुर र क्रान्तिकारीले प्रतिरोधात्मक बहादुरीपूर्ण आत्मरक्षा गर्ने गर्छ र गर्नुपर्छ। यसै सन्दर्भमा केही भनाइहरु अति सान्दर्भिक हुने गर्छ।

नेपाली सेनाका अनुसार भागी जिउँदो हुनुभन्दा लडी मर्नु वा मार्नु स्वधर्म हो। कवि बालकृष्ण सम लेख्छन्, ‘जिउँदै मर्‍याे त्यो, जसले बिर्सियो देशको माटो।’ पृथ्वीनारायण शाहको दिव्योपदेशमा भनिएको छ, ‘अन्याय मुलुकमा हुन नदिनु, न्याय निसाफ बिगार्ने भनेका घुस लिने र दिने हुन्। यिनको त धन र जिउ हरिलिए पनि पाप छैन।’

कार्ल मार्क्स भन्छन्, ‘समाजमा हत्या हिंसा भयो भनी चिन्ता नगर। बरु त्योभन्दा धेरै अन्याय अत्याचार दमन शोषण छ भनेर चिन्ता गर।’ गौतम वुद्ध भन्छन्, ‘यद्यपि युद्ध लडाइँ न्यायसङ्गत, न्यायोचित छ भने त्यसको सञ्चालकलाई हिंस्रक भन्न मिल्दैन। माओ भन्छन्, ‘सही सत्यका निम्ति क्रान्तिकारीहरुले सुरुवात आफैबाट गर्नुपर्छ। आफ्नो टाउकोमा आफै आगो सल्काउने हिम्मत गर्नुपर्छ।’

विज्ञानको नियमानुसार कुनै पनि वस्तुले निकास पाएन भने बिस्फोट हुन्छ। जुन स्तर र उचाइबाट आक्रमण दमन हुन्छ, त्यही स्तर र उचाइबाट प्रतिरोध हुने गर्छ। नेकपा (माओवादी) लेख्छ, ‘विशेषत सैन्य विज्ञानको आधारभूत नियम भनेको आफ्नो सुरक्षा गर्नु र दुश्मनलाई आक्रमण गर्नु, ध्वस्त पार्नु नै हुन्छ। वस्तुगत जगतमा हस्तक्षेप गर्नु नै हुन्छ। आक्रमण नगरी आत्मरक्षा सम्भव छैन।’

अतः बिरालो कालो कालो हो कि सेतो भनेर बहस गर्न आवश्यक छैन। बिरालो कालो हुनु र सेतो हुनुले खासै महत्त्व र अर्थ राख्दैन, महत्त्व र अर्थ त बिरालो ले मुसा मर्छ कि मार्दैन भन्ने कुराले राख्छ। सारमा परिणाम के आउँछ भन्ने हो।

उल्लेखित माथिका सारगर्भित महान भनाइहरुले न्यायपूर्ण युद्ध आत्मरक्षा नै हुने यथार्थतालाई सहर्ष स्वीकार गरेको छ। कानूनमै व्यवस्था भएको अत्मरक्षा गर्दा कानूनी कार्बाही नहुने कुराप्रति कसैको बिमति छैन। तर आत्मरक्षा केलाई भन्ने, कुन कस्तो प्रकृतिको घटनालाई आत्मरक्षा भन्ने अथवा आत्मरक्षाको विधि तरीका के हुने, कुन मापदण्ड अपनाउने, कुन हद वा सीमासम्म आत्मरक्षा हुने भन्ने विषयमा भने नितान्त फरक विश्लेषण, तर्क र व्यवस्था रहिआएको छ।

आत्मरक्षाको ठोस, मूर्त, सही, उचित परिभाषा खोज अनुसन्धान प्रक्षेपण हुन नसक्दा वैज्ञानिक परिभाषाबाट बेखबर हुनपर्दा दुख पीडा समस्याको पहाडमुनि थिचिनु मिचिनुपर्ने तीतो सत्य आज नेपाली समाजमा यथावत नै छ। पुरानो बुर्जुवा अवैज्ञानिक कानूनमा व्यवस्थामा भएअनुरुपको आत्मरक्षाकाको ब्याख्या विश्लेषण र परिभाषा मात्र पर्याप्त छैन, अपूरो छ। त्यसलाई सज्जनहरुले पूरा गर्ने जमर्को गर्नुपर्छ, जुन सम्भव छ।

आत्मरक्षाको ठोस, मुर्त, वैज्ञानिक परिभाषा र पहिचान हुन नसक्दा न्याय मर्ने गरेको सत्य लुक्ने गरेको दृष्टान्त समाजमा छ। जसको फलस्वरूप दोषी निर्दोष जस्तो, निर्दोष दोषी जस्तो देखिने गरेको दुखद यथार्थ छ। यसर्थ समस्याको ठोस पहिचान र त्यसको वैज्ञानिक समाधानका निम्ति आत्मरक्षाको विज्ञानमा नयाँ विकास आवश्यक भएको हो। तब मात्र बर्तमान समस्याका तमाम समस्या, अन्तरविरोधहरुको गाँठो फुकाउन र आजको वस्तुस्थितिको मागलाई सम्बोधन गर्न र निकास दिन सम्भव हुन्छ। यसलाई नकार्न मिल्दैन।

पुरानो नियमित परम्परागत कानूनमा कुनै पनि व्यक्तिले आत्मरक्षाको निम्ति आक्रमण गर्दा ज्यान मर्न गएको खण्डमा फौजदारी मुद्दा नलाग्ने कानूनी व्यवस्था आफैमा सही हुँदाहुँदै पनि त्यो मात्र पर्याप्त छैन। यो आधा सत्य त हो, पूरै सत्य होइन। अब पूरै सत्यको खोज अनुसन्धान गर्नुपर्ने अभिभारा इतिहासले हाम्रै काँधमा सुम्पिएको छ।

तत्काल घटनास्थलमै हुने प्रतिकारलाई मात्र आत्मरक्षाको रुपमा बुझ्ने मानसिकता वा कानूनी प्रवृत्ति र व्यवस्थाले बाँकी उप्रान्त समयपछि (पछिल्लो समयमा) हुन जाने हुन सक्ने आत्मरक्षाको प्रश्नलाई पूर्ण रुपमा निषेध गरिनु हुँदैन। जुन हद दर्जाको ढोका बन्द गर नीति नितान्त एकाङ्की अधिभूतवादी र अवैज्ञानिक छ। वस्तुत तथ्य सङगत छैन, देखिँदैन।

उप्रान्त समयपछि गरेको प्रत्याक्रमण प्रतिरोधात्मक आक्रमणलाई पनि आत्मरक्षाको कित्ता, परिभाषाको रुपमा बुझ्नुपर्दछ, मान्यता दिनुपर्दछ। तत्काल गरिने प्रतिकार, कार्बाही आत्मरक्षा हुन्छ भने पछि गरिने प्रतिकार कार्बाही पनि आत्मरक्षाको द्वन्दवादभित्रै पर्छ। तत्काल घटनास्थलमै प्रतिरोध प्रतिकार कार्बाहीलाई मात्र आत्मरक्षाको मान्यता दिने, तर बाँकी उप्रान्त समयपछि गरिने आक्रमण प्रतिकार कार्बाहीलाई आत्मरक्षाको मान्यता नदिने हो भने ‘बुढी मरि भन्दा काल पल्कने खतरा हुन्छ। जो होचो उसैको मुखमा घोचो हुन्छ।’

उदाहरणका निम्ति, मानौं बलियो पक्षले कमजोर पक्षलाई अनावश्यक रुपमा मार्ने हत्या गर्ने मनसायले आक्रमण गरेर भाग्यो तथापि कमजोर पक्षले संयमतापूर्वक बौद्धिक जिम्मेवारीका साथ छलफल वा वार्तामा बोलाउँदा उल्टै वार्ताको अवज्ञा गरेर मार्ने धम्की दिँदै निरन्तर आक्रमण गर्ने वा मार्ने नियत मनसाय पालेर बस्छ भने त्यो अवस्थामा दुश्मनबाट हुनसक्ने सम्भावित हमलालाई रोक्न आत्मरक्षाका निम्ति जुनसुकै बेला र अवस्थामा पनि प्रतिरोधात्मक आक्रमण कार्बाही गर्न सकिने प्रश्न आफैमा जायज स्वाभाविक र आत्मरक्षाको प्रश्न विषय बन्छ। आत्मरक्षाको कित्ता र परिभाषाभित्र पर्छ।

क्रान्तिकारी देशभक्तहरुले जे गर्छन्, त्यो देश र जनताको पक्षमा गर्छन्। मुक्ति र न्यायका लागि गर्छन्, समाज परिवर्तनका लागि गर्छन्। बास्तविक अपराधी त त्यो नै हुन्छ, जसले जनताप्रति धोका, अन्याय, अत्याचार गर्छ। अपराधीलाई सफाया गरेर अपराधी हुँदैन।

तर हेक्का राख्नुपर्ने कुरा यो छ कि लडाइँ युद्ध भइसकेपछि वार्ताद्वारा समस्या समाधान भइसकेको स्थितिमा पुन गरिने आक्रमण आत्मरक्षाको विषय बन्दैन। आत्मरक्षाको कित्ता र परिभाषाभित्र पर्दैन। परन्तु, वार्ता छलफल बीचैमा तुहियो, समस्या समाधान भएन भने लडाइँ निरन्तर चालु भएको मानिन्छ मान्नुपर्छ। यस्तो अवस्थामा जुनसुकै ठाउँ समय र स्थितिमा पनि प्रतिकार वा आक्रमण निसन्देह आत्मरक्षाको विषय बन्दछ। जस्तो, जम्मु–कास्मिरमा भारत र पाकिस्तानको लडाइ, जनयुद्धमा माओवादी र राज्य पक्षबीच वार्ता असफल भएपछि भएको लडाइलाई लिन सकिन्छ, जुन आत्मरक्षाको लडाइँ नै थियो।

सवाल तत्काल र तत्काल प्रतिरोधको होइन, सवाल प्रतिरोध आक्रमण लडाइँ न्यायोचित छ कि छैन भन्ने हो। यदि लडाइँ आक्रमण न्यायसङ्गत छ भने तत्काल होस् या पछि जुनसुकै समय, अवस्था, जहाँ र जहिले पनि आत्मरक्षाको विषय बन्छ। आत्मरक्षाको कुनै निश्चित समय अवधि किटान गरेको नभई वस्तुगत आवश्यकता, बाध्यता, जनताको चाहना, समयको मागअनुसार आत्मरक्षा हुने गर्छ। अर्थात्, आत्मरक्षाको निर्धारण सही उद्देश्य, परिणाम, वस्तुगत आवश्यकता र बाध्यताले निर्धारण गर्दछ। त्यसकारण आक्रमण प्रतिकार तत्काल उतिखेरै गरेको हो या पछि भनेर बहस गर्नुको कुनै अर्थ र औचित्य हुँदैन।

अतः बिरालो कालो कालो हो कि सेतो भनेर बहस गर्न आवश्यक छैन। बिरालो कालो हुनु र सेतो हुनुले खासै महत्त्व र अर्थ राख्दैन, महत्त्व र अर्थ त बिरालो ले मुसा मर्छ कि मार्दैन भन्ने कुराले राख्छ। सारमा परिणाम के आउँछ भन्ने हो।

आत्मरक्षाको प्रश्नमा लडाइ युद्धकै दौरानमा तत्काल प्रतिआक्रमण गर्दा मात्र आत्मरक्षा गएको मानिने बाँकी उप्रान्त समयपछि गरिएको आक्रमण प्रतिरोधलाई आत्मरक्षा नमानिने भयो भने नितान्त गलत हुन्छ। जबकि परिस्थितिअनुसार जुनसुकै पक्ष पनि आत्मरक्षा बनेर आउन सक्छ। लडाइकै दौरानमा तत्काल प्रतिरोध प्रतिकार गर्दा पनि त्यो आत्मरक्षा हुन पनि सक्छ, नहुन पनि सक्छ। एवं तत्कालै लडाइकै दौरानभन्दा पछि गरिने प्रतिकार आक्रमण त्यो आत्मरक्षा हुन पनि सक्छ, नहुन पनि सक्छ।

तत्काल प्रतिकार गरे आत्मरक्षा हुने पछि गरे आत्मरक्षा नहुने भन्ने कदापि होइन र हुन सक्दैन। किनकि समयले आत्मरक्षाको निर्धारण गर्दैन। वस्तुगत आवश्यकता, कारण र न्यायिक, न्यायपूर्ण लडाइले आत्मरक्षाको निर्धारण गर्छ, चाहे त्यो जुनसुकै समय र अवस्थामा नै किन नहोस्। अनावश्यक नकारात्मक स्वार्थ पूर्तिको निम्ति लडाइको दौरानमा आक्रमण गरे पनि गलत हुन्छ आत्मरक्षा हुँदैन। तर, आवश्यकता अनुसार न्याय, मुक्ति, अधिकार र परिवर्तनका निम्ति प्रतिरोधात्मक आक्रमण गरेको हो भने लडाइकै दौरान भन्दा बाहिर धेरै पछि पनि सहि हुन्छ, अर्थात् आत्मरक्षा हुन्छ।

समस्या आफूमा हुने तर आक्रमण अरुमाथि गरियो भने गलत हुन्छ। आत्मरक्षा हुँदैन। तर, समस्या अरुमा हुने आक्रमण पनि अरुमाथि नै गरियो भने जुनसुकै अवस्था र समयमा पनि सही हुन्छ। आत्मरक्षा हुन्छ। किनकि बिरामीलाई नै हो उपचार गर्ने। यसर्थ, आत्मरक्षा न्यायसंगत तथ्यमा खोज्न छोडेर समयमा मात्र खोजियो भने गम्भीर भुल र त्रुटी हुन्छ। ठोस स्थितिमा के कारण कुन पक्षले काम गरेको छ, त्यसलाई पहिचान गर्ने कुरा मुख्य हुन्छ। सधै एकै खालको उत्तर दिनु वा बुझ्नु गलत हुन्छ।

क्रान्तिकारी देशभक्तहरुले जे गर्छन्, त्यो देश र जनताको पक्षमा गर्छन्। मुक्ति र न्यायका लागि गर्छन्, समाज परिवर्तनका लागि गर्छन्। बास्तविक अपराधी त त्यो नै हुन्छ, जसले जनताप्रति धोका, अन्याय, अत्याचार गर्छ। अपराधीलाई सफाया गरेर अपराधी हुँदैन।

फौजदारी अपराध शास्त्रमा आपराधिक कार्य गर्नेको मनसाय पनि हेर्ने गरिन्छ। यस्तो अवस्थामा अदालतले कानून मात्र हेर्दैन। मनसाय पनि हेर्ने गर्छ, हेर्नुपर्छ । कुन उद्देश्यका निम्ति घटना घटेको हो ? वस्तुगत आवश्यकता र बाध्यता थियो कि थिएन ? सही उद्देश्यका निम्ति थियो कि गलत उद्देश्यको निम्ति थियो ? सही मनसायका लागि थियो कि गलत मनसायका निम्ति थियो ? उपरोक्त प्रश्नको जवाफले मात्र घटना सही हो या गलत भन्ने कुरा पुष्टि गर्छ। यो नहेर्ने हो भने क्रान्तिकारी देशभक्तहरुमाथि न्याय हुँदैन। न्याय मर्छ, सत्य लुक्छ।

Comments
Loading...
You might also like