कांग्रेस शीर्ष नेताबीच निर्णायक छलफल

  • 30
    Shares
0

काठमाडौं, १० माघ। नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच शुक्रबार निर्णायक वार्ता भइरहेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा जारी वार्ताले पार्टीमा देखिएको विवाद समाधानका गर्ने विश्वास नेताहरुले लिएका छन्।

प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसमा विगत दुई महिना यता संस्थापन र इतर पक्षबीच विवाद चर्किएको छ। विवाद समाधानका लागि बुधवार शीर्ष नेताहरु देउवा निवासमा छलफलमा जुटेका थिए। वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्का नेता कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह लगायतका नेताहरुबीच भएको छलफल सकारात्मक रहेको र आजको बैठकबाट विवादित विषयमा टुंगोमा पुग्ने अपेक्षा गरिएको छ।

उपसभापति विमलेन्द्र निधिले बैठक सकारात्मक रुपमा अघि बढेको भन्दै आजको बैठकबाट समस्या समाधान हुने अपेक्षा गरेको बताए । गएको बैठकमा असन्तुष्ट पक्षले पुस ११ गतेको संस्थापन पक्षमात्र सहभागी भएको केन्द्रीय कार्यसमिति बैठकले गरेका महाधिवेशनको समय र कार्यतालिका, विधानका धारहरु निलम्बन, विभागको संख्या थप, भ्रातृ संगठनहरुबारेको निर्णयमा आपत्ति जनाएको थियो।

Comments
Loading...
You might also like