दीपक मनाङ्गेविरुद्ध उजुरी दिने मिलन गुरुङ पनि पक्राउ

  • 130
    Shares
0

काठमाडौं, १० माघ। गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङ्गे)विरुद्ध उजुरी दिने मिलन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) को कास्की जिल्ला कार्यसमितिको अध्यक्ष रहेका गुरुङलाई बैंकिङ्ग कसुरको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीले गुरुङलाई पक्राउ गरिएको पुष्टि गरे। गुरुङविरुद्ध बैंकिङ्ग कसुर र ठगीसँग सम्बन्धित उजुरीहरु परेका छन्। अहिले हामीले बैंकिङ्ग कसुरको मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिएका हौं,’ डिएसपी केसीले भने, ‘उहाँले एक जना व्यक्तिबाट सामान किनेर नगद पैसा नदिइ चेक दिएको र चेक पनि बाउन्स भएको भेटिएको छ।’

प्रहरीले गुरुङलाई पोखराको गैरापाटनबाट पक्राउ गरेको हो। गुरुङले बुधबार मात्रै दीपक मनाङ्गेविरुद्ध उजुरी दिएका थिए। मूख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङ्गेले गुरुङमाथि हातपात गरेका थिए।

Comments
Loading...
You might also like