दीपक मनाङेमाथि म्याद थप

  • 29
    Shares
0

काठमाडौं, १० माघ। गण्डकी प्रदेशसभा (सांसद) सदस्य दीपक मनाङेमाथि २ दिनको म्याद थप भएको छ। थप अनुसन्धान गर्नको लागि सांसद मनाङेमाथि म्याद थप भएको हो।

नेपाल फुटबल सङ्घ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई कुटपिट गरेको अभियोगमा सांसद मनाङेलाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो। गुरुङलाई शुक्रबार जिल्ला प्रशासन कार्यालय कास्कीबाट २ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीका कार्यालय कास्कीका डीएसपी राजकुमार केसीले जानकारी दिए।

मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ। मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत् नै स्वीकार गरिसकेका छन्। पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र गठीमा संलग्न रहेको भन्दै उनले फूलमाला लगाएर नहुने र झापडमै हान्नुपर्ने बताएका थिए।

Comments
Loading...
You might also like