पुनःनिर्माणका कर्मचारी पक्राउ

  • 21
    Shares
0

भोजपुर, १० माघ । पुनःनिर्माण प्राधिकरणका कर्मचारी ६ हजार रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन्।पुनःनिर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइञ्जिनीयर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले रङ्गेहात पक्राउ गरेको जनाएको छ।

इञ्जिनीयर तिवारीलाई शुक्रबार ६ हजार रुपैयाँ घुससहित भोजपुरको प्रधान होटलबाट पक्राउ गरिएको बताइएको छ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको डिएसपी श्याम सारु मगर नेतृत्वको टोलीले त्यही होटलबाट रङ्गेहात पक्राउ गरेको जनाएको छ।

Comments
Loading...
You might also like