वडाध्यक्ष श्रेष्ठले सांसद भुसालको हातमा थमाए झाडु

  • 39
    Shares
0

ललितपुर, १० माघ । ललितपुर महानगरपलिका वडा नम्बर ५ का अध्यक्ष विकास श्रेष्ठको नेतृत्वमा शुक्रबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ। ललितपुर ५ लाई स्वच्छ, सफा हराभरा र धुवा, धुलोरहित वडा बनाउने अभियान’ अन्तर्गत सो कार्यक्रम गरिएको हो।

सरसफाई कार्यक्रमको संघीय सांसद पम्फा भुषालले उद्घाटन गरिन्। कार्यक्रमको उद्घाटन गर्दै सांसद भुषालले नगर क्षेत्रलाई स्वच्छ, सफा र हराभरा बनाउन स्थानीय तहसँगसँगै, सामाजिक एवं व्यवसायिक संघ-संस्था तथा प्रतिष्ठान, नगरबासी, सरकारी कार्यालयलगायतको संयुक्त पहल आवश्यक रहने बताइन्।उनले ललितपुर ५ नम्बर वडाले वातावरणीय स्वच्छताका लागि देखाउदै आएको तदरुकताको तारिफसमेत गरिन्। उनी फोहर संकलन कार्यमा सरिकसमेत भइन्।

त्यस्तै कार्यक्रममा नेकपाका ललितपुर जिल्ला कमिटी अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार, प्रदेश सांसद राजकाजी श्रेष्ठ, वडाध्यक्ष विकासमान श्रेष्ठ लगायत सरसफाई अभियानमा सहभागि भएका थिए। महालक्ष्मीस्थान स्थित महालक्ष्मी पार्टी प्यालेसबाट सुरु भएको उक्त सरसफाई कार्यक्रम अन्तर्गत विभिन्न पाँच टोलीले निर्धारित रुट हुँदै वडा क्षेत्रको सरसफाई गरेको थियो।

Comments
Loading...
You might also like