दिवाकर भुसाल स्मृति राष्ट्रिय पुरुष भलिबलको उपाधी त्रिभुवन आर्मीलाई

  • 42
    Shares
0

डिलकुमारि नेपाल,शंकर श्रेष्ठ/ माडी, १२ फागुन। चितवनको बसन्तपुर माडीमा सञ्चालित दिवाकर भुसाल स्मृति राष्ट्रिय च्याम्पियनसिप २०७६ दोश्रो पुरुष भलिवल प्रतियोगिताको उपाधी त्रिभुवन आर्मी क्लबले आइतबार हात पारेको छ। आइतबार सम्पन्न फाइनल खेलमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी उपाधी लिन सफल भएको हो।

त्यसैगरी ३-२ को सेटमा गण्डकी प्रदेशलाई पराजित गर्दै, नेपाल पुलिस क्लबले तेश्रो स्थान ओगट्न सफल भएको थियो। प्रतियोगितामा प्रथम त्रिभुवन आर्मीलाई दुईलाख नगद, दोश्रो एपिएफ क्लबलाई एक लाख नगद र तेश्रो हुन् सफल नेपाल पुलिस क्लबले ५० हजार पुरस्कार राशीसँगै ट्रफी, मेडल र प्रमाणप्रत्रसहित प्रमूख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालले प्रदान गरेका थिए।

प्रतियोगिताको वेष्ट खेलाडी आर्मीका धनबहादुर भट्ट, वेष्ट सर्भरमा पुलिसका इम राना, वेष्ट सेटरमा एपिएफका लोकेन्द्र गिरी, वेष्ट स्ट्राइकरमा एपिएफकै विजय थापा, वेष्ट डिफेन्डरमा आर्मीका ईश्वर थापा र वेष्ट टिम कोचमा आर्मीका ज्ञानेश्वर अधिकारी घोषित भएका हुन्।

भने नेपाल सरकारका उपसचिव समेत रहेका माडी नगरपालिका शिक्षा अधिकृत पुष्प ढकाल, राष्ट्रिय खेलकुद परिषदका तेक्वान्दो प्रशिक्षक मनोज शाही, माडी नगरपालिका खेलकुद प्रशिक्षक डिलकुमारि नेपाल, नगर खेलकुद संयोजक माडिकारामबन्धु पोखरेल, राष्ट्रिय खेलकुद परिषदका पूर्वसल्लाहकार शालिकराम खड्का लगायतको उपस्थित रहेको थियो।

Comments
Loading...
You might also like