प्रधानमन्त्री ओली पोखरामा

  • 82
    Shares
0

काठमाडौं, १२ फागुन। प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली सोमबार पोखरा गएका छन्। गण्डकी प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलामा प्रशिक्षणका लागि अध्यक्ष ओली पोखरा गएका हुन्।

कार्यकर्ता भेलालाई बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। तर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने भेलामा गएनन्। यसअघि प्रचण्ड प्रदेश नम्बर ५, कर्णाली प्रदेशमा भएका भेलामा गएका थिए। उक्त भेलामा प्रधानमन्त्री ओली गएका थिएनन्।

नेकपाले सार्वजनिक गरेको प्रशिक्षण कार्यतालिकामा प्रदेशका भेला दुवै अध्यक्षले सम्बोधन गर्ने उल्लेख रहेको थियो। नेकपा केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले कहिलेकाहीँ कार्यव्यस्तताले प्रशिक्षणमा जाने नेताहरू परिवर्तन हुन सक्ने बताए।

पोखरा जानुअघि प्रधानमन्त्री ओलीले सोमबार बिहान बालुवाटारमा प्रचण्डसँग कुराकानी गरेका थिए। समसामयिक राजनीतिक घटनाक्रमबारे अध्यक्षद्वयबीच छलफल भएको थियो।

Comments
Loading...
You might also like