कोरोना भाइरस संक्रमण रोकथाम कोषलाई एक महिनाको परिश्रमिक दिने उपराष्ट्रपतिको निर्णय

0

काठमाडौं, ११ चैत। ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो एक महिनाको पारिश्रमिक दिने भएका छन। नआत्तिन, धैर्य गर्न र उच्च मनोबलका साथ कोरोना भाइरस ( कोभिड -१९ ) रोकथाम तथा नियन्त्रणका लागी सरकारको प्रयासमा पूर्ण साथ दिन पनि उपराष्ट्रपति पुनले सबै नेपालीहरुमा अपिल गरेका छन ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी कोषमा दुई महिना बराबरको पारिश्रमिक दिने निर्णय गरेकी थिइन् ।

सरकारले आइतबार मन्त्रीपरिषद्को बैठकबाट ५० करोडको एउटा केन्द्रीय कोष घोषणा गरेको थियो। जसमा प्रधानमन्त्री र मन्त्रीहरुले एक–एक महिनाको तलब राख्ने निर्णय गरेको थियो। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित प्रकोप रोकथाम तथा नियन्त्रणका लागि सरकारले उक्त कोष निर्माण गरेको हो ।

Comments
Loading...
You might also like