मौसम पुर्वानूमान : कहाँ-कहाँ हुन सक्छ हावाहुरी, वर्षा र चट्याङ ?

  • 103
    Shares
0

काठमाडौं, ११ जेठ। आज देशका विभिन्न भू-भागमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बँगलादेशको आसपासमा अवस्थित चक्रवात अंपुन कमजोर भई न्युन चापीय प्रणालीको रुपमा रहेको र नेपालको पूर्वी भागमा आंशिक प्रभाव पारेको हो।

महाशाखाका अनुसार देशको पश्चिमी पहाडी भू-भाग लगायत मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। आज राति देशैभरि सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जेठ १२ गते (सोमबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागहरुमा सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङरहावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

जेठ १३ गते (मंगलबार)

दिउँसोः देशको पूर्वी भू-भाग लगायत मध्य र पश्चिमी पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ । मध्य तथा पूर्वी पहाडी भू-भागका केही स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पूर्वी भू-भागमा सामान्य बदली रहनेछ। मध्य र पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य र पश्चिमी पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघगर्जनरचट्याङरहावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

Comments
Loading...
You might also like