कोरोना भाइरस संक्रमणबाट विश्वभर ११७ नेपालीको मृत्यु

0

काठमाडौँ, ११ जेठ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना भाइरसका कारण विश्वभर विभिन्न देशमा रहेका ११७ जना नेपालीको मृत्यु भएको छ। एनआरएनएको स्वास्थ्य समितिका अनुसार यो साता थप २१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्।

एनआरएनएले सार्वजनिक गरेको तथ्यांकअनुसार यो साता युएईमा ९, साउदी अरेबियामा ५, बेलायतमा २, नेपालमा २, अमेरिकामा १, कतारमा १ र कुवेतमा १ जना नेपालीको ज्यान गएको हो। बेलायतमा सबैभन्दा बढी नेपालीको ज्यान गएको छ । बेलायतमा मात्रै ६५ जना गैरआवासीय नेपालीको मृत्यु भएको रिपोर्टमा उल्लेख छ । संयुक्त अरब इमिरेट्समा १८ जना नेपालीको मृत्यु भएको छ।

अमेरिकामा हालसम्म कोरोना भाइरस संक्रमितमध्ये १६ जना नेपालीको मृत्यु भएको छ । साउदी अरेबियामा ७, नेपालमा ३, कतारमा १, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १, नेदरल्याण्डमा १, बहराइनमा १, स्वीडेनमा १, कतारमा १ र कुवेतमा १ जनाको मृत्यु भएको छ ।

Comments
Loading...
You might also like