गजल

  • 9
    Shares
0

सबै जना मिलीजुली देशलाई पनि लुट्छन् यहाँ
लुट्ने खबर पाएपछि प्रतिपक्ष पनि जुट्छन् यहाँ ।
कुर्ची र सत्ताको भागबण्डा मिलेन भने मात्रै पनि
एउटै पार्टीका दुईटा झैँ साँढे जुधाइ जुध्छन् यहाँ ।

अहो १ डाक्टर अनसन बस्छन् मन्त्री विज्ञ डाक्टर बन्छन्
भागबण्डा नमिले मात्रै मिलिराखेका पनि टुट्छन् यहाँ ।
सच्चा देशभक्त भन्दा हनुमानको संख्याले जित्यो बरै
केही भन्नै हुन्न हनुमानहरू एकजुट भई उठ्छन् यहाँ ।

पापी कोरोना आएपछि राम्रो समाचार सुन्न पाकैछैन,
सत्य कुरा बोल्नेलाई त भाटैभाटाले कुट्छन् यहाँ ।
क्वारेन्टाइनमा बसेकी महिलाको बलात्कार हुन्छ
अपराधी चाहिँ केही दिनमै धरौटीमा छुट्छन् यहाँ ।

होसियार जनता अब राम्रो मान्छे चुन्ने हिम्मत गरौं
भोट पाउनलाई हुने नहुने गफ पक्कै चुट्छन् यहाँ ।
भोट माग्न आउँदा पहिला प्रगति विवरण देखाउनुस्
काम भएको रहिन्छ भने होस् गर्नु हाम्रा पनि बुट्छन् यहाँ ।

Comments
Loading...
You might also like