मासिक डेढ करोड तलव खान्छन् सिइओ आदित्य पुरी

  • 82
    Shares
0

काठमाडौं। भारतको एचडीएफसी बैंकका मेनेजिङ डाइरेक्टर आदित्य पुरी सबैभन्दा धेरै तलब पाउने बैंकरमा पर्छन्। उनले मासिक ८९ लाख भारु तलब लिन्छन्। यो रकम झण्डै डेढ करोड नेपाली रुपैंया बराबर हो। विगत २५ वर्षदेखि उनी यसै बैंकमा कार्यरत छन्। उनीसँग बैंकिङ क्षेत्रमा झन्डै चार दशक काम गरेको अनुभव छ।

पञ्जाव युनिभर्सिटीबाट कमर्समा स्नातक उतीर्ण गरेका पुरी इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ इन्डियाका एसोसिएट मेम्बर समेत हुन्। एचडीएफसीमा प्रवेश गर्नुअघि उनले मलेसियाको सिटी बैंकमा प्रमुख कार्यकरी अधिकृत भएर १९९२ देखि १९९४सम्म काम गरेका थिए। १९९४ को सेप्टेम्बरदेखि उनी एचडीएफसीमा मेनेजिङ डाइरेक्टरको रुपमा कार्यरत छन्। आफ्नो कार्यकालमा उनले बैंकको ब्यालेन्स सिट साइज, निक्षेप, प्रतिशेयर आम्दानी, मुनाफा लगायतका वित्तीय सूचकमा ठूलो सधार ल्याएका छन्।

मेनेजिङ डाइरेक्टरको रुपमा उनले बैंकलाई भारतमै नम्बर वान बनाउन ठूलो भूमिका खेलेका छन्। बैंकिङ क्षेत्रमा उनको योगदानको कदरस्वरुप उनलाई विजनेस वल्र्ड म्यागाजिनले लाइफटाइम अचिभमेन्ट अवार्डसमेत प्रदान गरेको छ। त्यस्तै उनले सीएनएन आईबिएन इन्डियन अफ द इयर इन विजनेस अवार्ड पनि पाएका छन्। यसबाहेक पनि उनले थुप्रै अवार्ड तथा सम्मानहरु पाएका छन्। उनी ब्यारोन्स वल्र्डस् टप ३० सीइओ २०१६ को सूचिमा समेत परेका थिए।

उमेरले ७० वर्ष पुग्न लागेका पुरी अनिता पुरीसँग २५ वर्ष लामो वैवाहिक सम्बन्धमा छन्। छोरा अमित र छोरी अम्रिता गरी उनका दुई सन्तान छन्। उनीसँग ७० करोडभन्दा बढी मूल्य बराबरको सम्पत्ति छ। भारतका सबैभन्दा शक्तिशाली व्यक्तिहरुको सूचिमा उनी २४औँ नम्बरमा छन्। मुम्बईको बान्ड्रामा परिवारसँग बस्ने पुरीसँग एउडा अडि र एउटा मर्सिडिज बेन्ज कार छन्।

Comments
Loading...
You might also like