सन्दीप लामिछानेले एसिया ११ बाट खेल्ने

  • 21
    Shares
0

एजेन्सी। विश्व-११ विरुद्ध बंगलादेशमा हुने टी-ट्वान्टी सिरिजका लागि एसिया-११ को टिम सार्वजनिक भएको छ। बङ्गलादेश क्रिकेट बोर्डले मङ्गलवार एसिया-११ बाट खेल्ने १४ खेलाडीको नामावली सार्वजनिक गरेको हो।

बोर्डले सार्वजनिक गरेको नामावलीमा नेपालका सन्दीप लामिछाने समेत रहेका छन्। एसिया-११ को टिममा पर्ने सन्दीप एसोसियट र नेपालको एकल खेलाडी हुन्। एसिया-११ को टिममा भारतीय खेलाडीको बाहुल्यता रहेको छ। टिममा भारतका ६ खेलाडी रहेका छन्।

सन्दीपसँगै विराट कोहली, लोकेश राहुल, ऋषब पन्त, कुलदिप यादव, शिखर धवन, तामिम इकबाल, लिटोन दास, मुस्फिकर रहमान, थिसरा परेरा, राशिद खान, मुस्ताफिजुर रहमान, लासिथ मालिंगा, मोहमद शामी र मुजिब उर रहमान रहेका छन्।

विराट र राहुलले भने दुई खेल मध्ये मात्र एक खेल खेल्ने छन्। खेल मार्च १८ र २१ मा ढकामा हुनेछ।

Comments
Loading...
You might also like