‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउन संविधान संशोधन गरौं’

  • 52
    Shares
0

काठमाडौं, १३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव राखेका छन्। नेकपाले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन कार्यदल गठन गरेका बेला नेकपा कै सांसदले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति बनाउने गरी संविधान संशोधनको प्रस्ताव राखेका हुन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा सांसद तथा पूर्व कानूनमन्त्री शेरवहादुर तामाङले प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमूख रहने गरी शासकीय स्वरुप बनाउनुपर्ने बताएका छन्। संविधान जारी गर्ने बेला त्रुटि भएको भन्दै उनले अब प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमूखको निर्वाचन प्रणालीमा जानको लागि सबैको ध्यानाकर्षण गराउन चाहेको भन्दै प्रत्यक्ष निर्वा्चित राष्ट्रपतिको प्रणालीमा जाउँ भने।

तामाङले प्रत्यक्ष निर्वा्चित राष्ट्रपतिय प्रणालीमा जाँदा १५१ सदस्यीय एउटामात्रै संसद पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट निर्वा्चित हुने व्यवस्था गर्न समेत उनले प्रस्ताव राखेका छन्। तामाङले संघीय संरचनालाई समन्वयकारी मात्र बनाउने र स्थानीय तहको संख्या ७५३ बाट घटाएर ३५० को हाराहारीमा ल्याउन समेत प्रस्ताव राखेका छन् ।

Comments
Loading...
You might also like