कोटेश्वर–जडीबुटीमा सवारी साधन चलाउने रुट परिवर्तन

  • 26
    Shares
0

काठमाडौं, १३ फागुन। महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारबाट कोटेश्वर–जडीबुटीमा सवारी साधन चलाउने रुट परिवर्तन गरेको छ। सवारी जाम व्यवस्थापनका लागि महाशाखाले यस्तो नियम बनाएको जनाएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमूख एसएसपी भीमप्रसाद ढकालका अनुसार बुधबारबाट विस्तारै हिँड्ने टिपर, ट्रक, बसलगायत गाडीलाई बायाँ लेनमा चलाउनुपर्ने छ। छिटो गुड्ने बाइक, कारलगायत सवारी भने दायाँ लेनमा गुडाउनु पर्ने छ। महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इञ्चार्ज प्रमूख सुदर्शन थापाले यो नियम लागू गरेपछि कोटेश्वरको सवारी जामको समस्या थोरै भए पनि समाधान हुने बताए।

‘कोटेश्वर-जडीबुटी सडकमा धेरै समयसम्म सवारी जाम हुँदा यात्रुले सास्ती खेप्दै आएका छन’ ढकालले भने, ‘जामलाई सहज बनाउनकै लागि यो नियम ल्याइएको हो।’ ढकालले सवारी साधनहरूले जथाभावी लेनको प्रयोग गरि सवारी चलाउने तथा लेन परिवर्तन गर्ने, लुकिङ्ग ग्लास र साइड लाइटको प्रयोग नगरि जथाभावी ओभरटेक गर्ने, तीव्र गतिमा सवारी चलाउने लगायतका असाबधानीले दुर्घटनाको जोखिम भएकाले त्यस्ता सडकमा गुड्ने सवारी र सडकको अबस्था हेरी सुरक्षित तरिकाले निर्धारित लेनमा तोकिएको गतिमा मात्र सवारी चलाइ सुरक्षित आवागमन हुनेमा आफू विश्वस्त रहेको बताए।

Comments
Loading...
You might also like