मेस्सीले गरे कोरोना विरुद्ध लड्न आर्थिक सहयोग

  • 52
    Shares
0

काठमाडौं, १२ चैत। बार्सिलोनाका कप्तान लियोनल मेस्सी र पूर्व प्रशिक्षक पेप ग्वार्डीओलाले कोरोना भाईरसको संक्रमणविरुद्ध लड्नआर्थिक सहयोग गरेका छन् । कोरोनाको संक्रमण अहिले स्पेनमा बढेको छ ।

मेस्सी र ग्वार्डीओलाले कोरोना भाईरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि जनही एक मिलियन युरो सहयोग गरेका हुन् । मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि सो रकम सहयोग गरेको बताएका छन् ।

उनिहरुले मेडिकल सामाग्री खरिदका लागि उक्त रकम सहयोग गरेको बताईएको छ । पछिल्लो समय युरोप कोरोनाको संक्रमणबाट बढी प्रभावित बनेको छ । कोरोना भाईरसले स्पेनमा ठूलो क्षति पुर्याएको छ।

स्पेनमा कोरोनाबाट दुई हजार ६ सय ९६ जनाको मृत्यु भएको छ भने ४० हजार मानिसलाई कोरोनाको संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

Comments
Loading...
You might also like