नेपाल टेलिकमले अब रिचार्ज बराबरको बोनस दिने 

  • 718
    Shares
0

काठमाडौं, १२ चैत। नेपाल  टेलिकमले  रिचार्ज बराबरकै बोनस उपलब्ध गराउने भएको छ। बुधबार रातिदेखि टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउने भएको हो।

यस अघि बुधबार दिउँसोबाट नै यो सेवा सुरू गर्ने भनिए पनि प्राविधक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ। यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् । मंगलबार नियामक नेपाल दूरसन्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो ।

कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पु¥याउन प्राधिकरणले कम्तीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो ।

Comments
Loading...
You might also like