विदेशबाट फर्किने नेपालीलाई नरोक्नू भन्न मिल्दैन : सर्वोच्च अदालत

  • 19
    Shares
0

काठमाडौं, १२ चैत। विदेशबाट फर्कन चाहने नेपालीलाई नरोक्ने माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश जारी गर्न अदालतले अस्वीकार गरेको छ। न्यायाधीश डम्बर शाहीको इजलासले थप छलफल गरेरमात्र यसमा अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने सर्वोच्च अदालतले जनाएको छ।सीमा नाका बन्द र अन्तर्राष्ट्रिय हवाई उडान रोक्ने सरकारको निर्णयविरुद्ध अधिवक्ता माधव बस्नेत तथा मीना खड्का बस्नेतले रिट दायर गरेका थिए।

सीमा नाका बन्द गर्नुको कारण  सर्वोच्चले सरकारसँग मागेको छ। अदालतले चैत २४ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले दुवै पक्षलाई अन्तरिम छलफलका लागि बोलाएको छ।

विपद्को बेलामा आफैंले आफ्ना नागरिकहरू खोजेर ल्याई उपचारलगायतका व्यवस्था गर्नुपर्नेमा वैधरूपमा नागरिकहरूलाई आफ्नो देशमा प्रवेश गर्न असहज बनाएको र त्यसले विदेशमा रहेका प्रत्येक नेपाली नागरिकको मौलिक तथा मानव अधिकार हनन गरी पाशविक व्यवहार गरेको जिकिर उनीहरूको छ।

Comments
Loading...
You might also like