भारतमा पत्रकार सम्मेलनमा गएका पत्रकारलाई काेराेना संक्रमण

  • 381
    Shares
0

काठमाडौं, १२ चैत। भारतको मध्य प्रदेशमा एक पत्रकारलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।पत्रकार सम्मेलनमा सहभागी एक सञ्चारकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

उनको छोरीमा समेत संक्रमण देखिएको बताइएको छ। मध्यप्रदेशका मूख्यमन्त्री कोमलनाथद्वारा पदबाट राजीनामा घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा सहभागी पत्रकारलाई कारोना संक्रमण देखिएको हो।

पत्रकार सम्मेलनमा दुई सय भन्दा बढी सञ्चारकर्मीको सहभागिता रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। ती पत्रकारहरू क्वारेन्टाइनमा गए नगएको स्पष्ट भइसकेको छैन ।

Comments
Loading...
You might also like