भारतमा एकैदिन ४९ हजार जनामा कोरोना पुष्टि

kovia-19 corona chinaa
सांकेतिक तस्वीर

एजेन्सी। शनिबारसम्म भारतमा कोरोना संक्रमितको संख्या१३ लाख ३६ हजार आठ सय ६१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४८ हजार नौ सय १६ जनामा कोरोना पुष्टि भएको भारतको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयल जनाएको छ।

संक्रमितको संख्या बढे पनि निको हुने पनि धेरै छन् । आठ लाख ४९ हजार चार सय ३१ जना निको भइसकेको मन्त्रालयले जनाएको छ। हाल सक्रिय संक्रमित भने चार लाख ५६ हजार ७१ जना छन्। हालसम्म भारतमा संक्रमणबाट ३१ हजार तीन सय ५८ जनाले ज्यान गुमाएका छन्।

भारतको महाराष्ट्र राज्य संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ तीन लाख ५७ हजार जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी तमिलनाडुमा एक लाख ९९ हजार सात सय ४९ र दिल्ली राज्यमा एक लाख २८ हजार तीन सय ८९ जना संक्रमित भएका छन्।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्